२०८१ कार्तिक २८ गते , बुधबार

वीरेन्द्रले उचाल्यो भद्रपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि, हिमाली उपविजेता

sajilo news
झापा
२०८० माघ १७ गते , बुधबार
वीरेन्द्रले उचाल्यो भद्रपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि, हिमाली उपविजेता

भद्रपुर । भद्रपुर नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्र माविले उचालेको छ । भद्रपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलबार मेची रंगशाला भद्रपुरमा सम्पन्न प्रतियोगितामा वीरेन्द्रले ७ स्वर्ण, २ रजत र ५ कांस्य गरी १४ पदक जित्दै उपाधि उचालेको हो ।

उपाधि उचालेसँगै वीरेन्द्रले नगद १५ हजारसहित ट्रफि पाएका छन् । वीरेन्द्रले योसँगै चार पटक उपाधि जितेको हो । प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ११ पदक जित्दै हिमाली मावि उपविजेता बनेका छन् । हिमालीले नगद १० हजार र ट्रफि पाएका छन् । त्यस्तै सगरमाथा माविले ४ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ११ पदक जित्दै तेस्रो र भद्रपुर माविले ४ स्वर्ण, ३ रजत र ३ कांस्य गरी १० पदक जित्दै चौथो स्थान हासिल गरेको छ । 

तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ७ र ५ हजार नगदसहित ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट हुने विद्यालयहरूलाई नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी लगायतले नगदसहितको ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रतियोगितामा नगर क्षेत्र भित्रका सामुदायिक र निजी गरी २२ वटा विद्यालयको सहभागिता रहेको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । 

फुटबलतर्फ प्रज्ञा एकाडेमी प्रथम, सिद्धार्थ शिशु सदन द्वितीय र हिमाली मावि तृतीय भएको छ । छात्र कबडीतर्फ प्रज्ञा एकाडेमी प्रथम, वीरेन्द्र मावि द्वितीय र सिद्धार्थ शिशु सदन तृतीय भए । छात्रा कबडीतर्फ चन्द्रभानु ज्योति मावि प्रथम, मुनाल एकाडेमी द्वितीय र पुहातु जनज्योति मावि तृतीय भए । त्यस्तै छात्र भलिबलतर्फ सिद्धार्थ शिशु सदन प्रथम, भद्रपुर मावि द्वितीय र वीरेन्द्र मावि तृतीय भए । छात्रा भलिबलतर्फ वीरेन्द्र मावि प्रथम, एसएस निकेतन द्वितीय र भद्रपुर मावि तृतीय भए । प्रतियोगितामा छात्रा र छात्रको छुट्टाछुट्टै फुटबल, भलिबल, कबडीसहित एथलेटिक्स खेलहरू भएको थियो । 

सम्बन्धित समाचार