यो वर्षको एसईई नयाँ पाठ्यक्रममा, उत्तीर्ण हुन ३५ प्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ। अक्षराङ्क पद्धतिअनुसार परीक्षार्थीको मूल्याङ्कन गरिने परीक्षामा ३५ प्रतिशतभन्दा कम ल्याउने परीक्षार्थीको ग्रेडसिटमा ननग्रेडेड अर्थात् (एनजी्) उल्लेख हुने भएको छ।
गत वर्षको परीक्षामा यो व्यवस्था थिएन। ई ग्रेड ल्याउनेले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने व्यवस्था थियो । गत वर्ष जतिसुकै विषयमा जुनसुकै ग्रेड ल्याए पनि पुनः परीक्षा दिन पाइने व्यवस्था थियो।
यो वर्ष दुई विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाको कारण विद्यार्थीलाई मानसिक तनाव बढ्न सक्ने दाबी गरे।
उनले नयाँ पाठ्यक्रममा नयाँ व्यवस्था हुने भएपछि विद्यार्थीमा मानसिक त्रास बढ्ने र परीक्षामा अमर्यादित क्रियाकलाप हुन सक्ने जिकिर गरे। परीक्षामा २ विषयमा ३५ प्रतिशत अंक ल्याउन ग्रेडवृद्धि परीक्षामा सहमागी हुन पाउनेछन्। तीन विषयमा ३५ प्रतिशत अंक ल्याए आउँदो वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने हुन्छ।
बोर्डले यस वर्षको एसईई आगामी चैतको पहिलो साताबाट सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। मिति भने अझै तय भएको छैन। आगामी चैत ६ गतेबाट परीक्षा सञ्चालन हुन सक्ने तयारीमा रहेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ ।