२०८३ बैशाख १९ गते , शनिबार
आइपिएल अक्सनमा अष्ट्रेलियाका स्टार्क इतिहासकै महँगा खेलाडी
सन् २०२४ मा हुने इण्डियन प्रिमियर लिग (आइपीएल)क्रिकेटका खेलाडीहरूको अक्सन मंगलबार युएईको दुबईमा भएको छ। जसमा अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क सर्वाधिक महंगा खेलाडी बनेका छन्। उनलाई २४ करोड ७५ लाख भारतीय रूपैयाँमा कोलकाता नाइट राइडर्सले खरिद गरेको हो। उनी आइपिएलको इतिहासमै सर्वाधिक महँगा खेलाडी बनेका छन्।
त्यसैगरी अष्ट्रेलियन क्रिकेटर प्याट कमिन्स दोस्रो महंगो खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख रूपैयाँमा खरिद गरेको हो । कमिन्सलाई खरिद गर्न रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले पनि लगातार बोली लगाएको थियो । तर अन्तिममा हैदरावादले बाजी मार्यो। कमिन्सले यस वर्ष अष्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियन र विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए।