२०८३ बैशाख १९ गते , शनिबार

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

sajilo news
रासस
२०८० पौष ३ गते , मंगलबार
पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पक्राउ गरेको छ। कार्की पाँच लाख रुपैयाँ घूससहित आज पक्राउ परेका हुन् ।  

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।  सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।  पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए। 

सम्बन्धित समाचार