२०८३ बैशाख १९ गते , शनिबार

इलाममा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट पक्राउ

sajilo news
झापा
२०८० पौष ३ गते , मंगलबार
इलाममा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट पक्राउ

इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

बुद्धशान्ति –४ का राईलाई जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले आज अर्जुनधारा –११ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनी प्रदेशको पुनःनामाङकन संयुक्त सङ्घर्ष समितिका बुद्धशान्ति संयोजक, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ, अभियान अन्तर्गत नागरिक युवा दस्ताका मेचीनगर संयोजक भएको बुझिएको छ ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आव्हानमा कोशी प्रदेशमा यातायात बन्दको अवज्ञा गरेको भन्दै शनिवार पराल बोकेको मे १ ज ११४० नम्बरको पिकअप गाडीमा आगजनी गरिएको थियो । आगजनीमा संलग्नहरूको हुलियाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाम लगिएको झापा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार