२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरमा हात्तीले घरको पर्खाल भत्कायो
मेचीनगर-१५ स्थित ज्यामिरगढीमा हात्तीले एक घरमा क्षति पुर्याएको छ । पूर्वबाट एक्लै आएको हात्तीले रोशन न्यौपानेको घरको पक्की पर्खाल भत्काएको हो । पर्खाल भत्काएर कोठाभित्र बोरामा रहेको पशु आहार हात्तीले खाएको थियो ।
‘बिहानको ५ बजिसकेको थियो,’ रोशन न्यौपानेले घटना सुनाउँदै भने हात्ती मूल गेटबाट सरासर आँगनमा आयो । बिजुलीको तार चुटायो र पर्खाल भत्कायो । कोठाभित्र टाउको छिरायो र चोकरको बोरा बोकेर बाँसघारीतिर गयो ।’ त्यहाँबाट उक्त हात्ती फुलमासी गाउँ हुँदै निचाझोडा जंगलतिर गएको प्रत्यक्षदर्शीहरुले बताए ।