२०८३ बैशाख १९ गते , शनिबार
मोटरसाइकल दुर्घटनामा घाइते भएका विपिनको मृत्यु
करिब ८ महिनाअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बिर्तामोड नगरपालिका ९ का विपिन नेपालको मृत्यु भएको छ । ३५ वर्षीय नेपालको सोमबार बिहान १० बजे घरमै मृत्यु भएको हो ।
गत चैत महिना आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई उनी घाइते भएका थिए । उनलाई बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका लागि लामो समय राखिएको थियो । त्यसपछि घरमै लगिएको थियो । नेपालले बिर्तामोडको भद्रपुर रोडमा हेलमेट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।