२०८३ बैशाख १९ गते , शनिबार

स्यालको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु

sajilo news
झापा
२०८० पौष २ गते , सोमबार
स्यालको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानीय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत ८ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो ।

कुम्याही कोशी–५ मा कक्षा–२ मा अध्ययनरत कोशी–५ कुम्याहीका कुन्दन सदालाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते भएकोमा उपचारकै क्रममा कोशी अस्पताल विराटनगरमा निधन भएको स्थानीय शिक्षक सागर पण्डितले जानकारी दिए । पण्डितले सदाको निधन खबरले गाउँ नै शोकमा डुबेको बताए ।

सम्बन्धित समाचार