२०८३ बैशाख १९ गते , शनिबार
झापामा सिटी सफारी पल्टिदा चालकको मृत्यु
झापा । झापाको मेचीनगरमा सिटी सफारी पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक मेचीनगर नगरपालिका-९ निवासी ४५ वर्षीय बद्रीबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर- १० स्थित धुलाबारीमा आज बिहान साढे पाँच बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र-१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका चालक बस्नेतलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । सिटी सफारी इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको छ ।