२०८३ बैशाख १९ गते , शनिबार

नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा झापाका कुँवर, उपाध्यक्षमा राजवंशी र चौधरी निर्वाचित

sajilo news
झापा
२०८० पौष २ गते , सोमबार
नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा झापाका कुँवर, उपाध्यक्षमा राजवंशी र चौधरी निर्वाचित

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पोखरेलसहित रजनी थापा, रश्मि शिल्पकार र विजय गुरुङ चुनावी मैदानमा थिए । तीन जनालाई पछि पार्दै नुवाकोट जेसीजका पोखरेलले बाजी मारेका हुन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा झापाका भीमबहादुर कुँवर निर्वाचित भएका छन् । अर्जुनधारा जेसीजका पूर्व अध्यक्ष कुँवर यसअघि नेपाल जेसीजको उपाध्यक्ष थिए । राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ४ जनाका लागि ९ जना चुनावी मैदानमा थिए ।

त्यसैगरी उपाध्यक्षमा झापाबाट दुई जना निर्वाचित भएका छन । धुलाबारी जेसीजका योगेश राजवंशी र वीरता जेसीजका घनश्याम चौधरी उपाध्यक्षमा निर्वाचित भएका हुन् । राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा थिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित भएका छन् भने ३ जना अध्यक्षले मनोनयन गर्नेछन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको अधिवेशनमा विद्युतीय मेसिनमार्फत भोटिङ भएको थियो ।

सम्बन्धित समाचार