२०८३ बैशाख १९ गते , शनिबार

नेपाल–भारत सीमा नाकाबाट बंगलादेशी युवक पक्राउ

sajilo news
झापा
२०८० मंसीर २९ गते , शुक्रबार
नेपाल–भारत सीमा नाकाबाट बंगलादेशी युवक पक्राउ

अवैध रुपमा नेपाल छिर्न लागेका एक बङ्गलादेशी नागरिकलाई सीमापारि भारतीय प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय बङ्गलादेशी मोहम्मद आलमलाई नेपाल–भारत सीमाको चियारूजोत क्षेत्रबाट बुधवार पक्राउ गरिएको हो । ती बङ्गलादेशी चियारूजोत क्षेत्रमा घुमफिर गरिरहेका थिए । स्थानीयवासीले शङ्का लागेर प्रहरीलाई खबर गर्दा उनी बङ्गलादेशी भएको पुष्टि भएको थियो ।

प्रहरीले उनको साथबाट परिचयपत्र र एटिएम कार्ड बरामद गरेको थियो । परिचयपत्रकै आधारमा उनी बङ्गलादेशी भएको खुलेको हो । उनले अवैध बाटोबाट नेपाल प्रवेशका लागि आफू आएको प्रहरीलाई बयान दिएका छन् ।आरोपीलाई सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालका बङ्गाली समुदायसँग रुपरङ र भाषा मिल्ने कारण बङ्गलादेशीहरू भारतीयको भेषमा अवैध रुपमा नेपाल प्रवेश गर्ने गरेको तथ्य बाहिर आएको छ ।

सम्बन्धित समाचार