२०८३ बैशाख १९ गते , शनिबार

चन्द्रगढ यातायातको अध्यक्षमा पुनः वैद्य

sajilo news
झापा
२०८० मंसीर २८ गते , विहीबार
चन्द्रगढ यातायातको अध्यक्षमा पुनः वैद्य

भद्रपुर । भद्रपुर- ८ स्थित चन्द्रगढ यातायात प्रा.ली. झापाको प्रथम वार्षिक साधारणसभाले पुनः विजयकुमार वैद्यको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । बुधबार भद्रपुरमा आयोजित सभाले उपाध्यक्ष, सचिव , कोषाध्यक्ष लगायतका पदहरू पछि बाँडफाँट गर्ने गरी ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरूमा असारु राजवंशी ,देवीबहादुर श्रेष्ठ ,हरिप्रसाद गौतम, दिनेश बास्तोला ,बिरु गुरुङ ,अर्जुन कामती,हरि जोशी र राजेश राजवंशी रहेका छन् । यसअघि सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेल,निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, लेखा परीक्षक भलाकाजी कठेतलगायतले मन्तव्य राखेका थिए । विजयकुमार वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरि गौतम र स्वागत देवीबहादुर श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार