२०८३ बैशाख १९ गते , शनिबार

भारतको संसदमा आक्रमण प्रयास, हलमा स्प्रे फाल्ने दुईजना पक्राउ

sajilo news
एजेन्सी
२०८० मंसीर २७ गते , बुधबार
भारतको संसदमा आक्रमण प्रयास, हलमा स्प्रे फाल्ने दुईजना पक्राउ

नयाँ दिल्ली ।   भारतीय संसद (लोकसभा) बैठक बसिरहेकै बेला शंकास्पद् व्यक्तिले प्रवेश गरी विरोध प्रदर्शन गरेका छन्। बैठक चलिरहेकै बेला दर्शक दीर्घाबाट अचानक एक जना सांसद बस्ने कुर्सीमै खसेको भिडियो देख्न सकिन्छ। अर्का एक जना भने रेलिङबाट झुन्डिएर तल झरेका छन्। उनीहरूले जुत्ताभित्रबाट केही निकालेर संसद बैठकमा धुँवा धुँवा बनाउँछन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले 'कलर स्मोग' संसद बैठकभरि फैलाउँछन्।

बुधबारको संसद बैठक चलिरहेको थियो। पश्चिम बंगालका बिजेपी सांसद खानेन मुर्मु सम्बोधन गर्दैथिए। राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए। सोही बेला ती व्यक्तिहरू बैठकमा प्रवेश गरी 'कलर स्मोग' फैलाएका थिए। उनीहरू सभामुख बसेकै ठाउँतिर दोडेका थिए।

अग्रवालले दर्शक दीर्घाबाट कोही मानिस खसेको आफूले देखेको बताए। 'मलाई लाग्यो ती व्यक्ति खसे होलान्। तर अर्का व्यक्ति रेलिङ समातेर हाम फाल्दैथिए। त्यसपछि बल्ल लाग्यो उनीहरूले हाम फालेका हुन्,' मिडियाँसग उनले भने, 'लगत्तै जुत्ताबाट केही निकालेर धुँवा धुँवा बनाए

'सुरक्षाकर्मीले दुवैजनालाई पक्राउ गरेका छन्। प्रहरीको अनुसन्धानबाट मात्रै कसले किन यस्ताखाले गतिविधि गरेको खुल्ने उनले बताए। तृणमुल कांग्रेसका सांसद सुदीप बंदोपाध्यायले सुरक्षामा ठूलो कमजोरी भएको बताएका छन्। 'एकदमै भयावह अनुभव गरेँ। कसैलाई केही थाहा थिएन। उनीहरूको 'टार्गेट' के थियो,' उनले भने। 

सम्बन्धित समाचार