२०८३ बैशाख १९ गते , शनिबार

दमकमा हात्तीले घरको पर्खाल भत्कायो

sajilo news
झापा
२०८० मंसीर २७ गते , बुधबार
दमकमा हात्तीले घरको पर्खाल भत्कायो

झापाको दमकमा जङ्गली हात्तीले आज बिहान एक घरको पर्खाल भत्काएर क्षति पुर्‍याएको छ । बिहान २ बजेको समयमा दमक- ३ गोलाटारमा दुईवटा जङ्गली हात्ती आई सोही ठाउँ बस्ने चन्द्रप्रसाद फुयलको टिनको छानो भएको दुई तले पक्की घरको उत्तरपट्टिको पर्खाल भत्काई घरमा आंशिक रुपमा क्षति गरेको हो । जसबाट अन्दाजी २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ती हात्तीलाई स्थानीय बासी र प्रहरीको सहयोगमा बिहान ५स्३० बजे जङ्गलतिर लखेटिएको थियो ।

सम्बन्धित समाचार