२०८३ बैशाख १९ गते , शनिबार

झापामा ब्राउन सुगरसहित दुई युवा पक्राउ

sajilo news
झापा
२०८० मंसीर २६ गते , मंगलबार
झापामा ब्राउन सुगरसहित दुई युवा पक्राउ

झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक नगरपालिका ३ बस्ने २४ वर्षीय भीमबहादुर राई र सोही ठाउँका २१ वर्षीय विकास घले रहेका छन् । सोमबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले राईको घरमा शङ्कास्पद अवस्थामा बसिरहेका राई र घलेलाई चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ब्राउन सुगर र नगद १४ हजार बरामद भएको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार