२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरमा गाईगोठ जलेर नष्ट

sajilo news
झापा
२०८० मंसीर २५ गते , सोमबार
मेचीनगरमा गाईगोठ जलेर नष्ट

झापाको  मेचीनगर ४ राईसिङ पुल टोल बस्ने प्रकाश चौहानको गाईगोठ जलेर नष्ट भएको छ । आज बिहान ९ बजेतिर चौहानको टिनको छाना भएको २ तले गाईगोठमा खोले पकाउने क्रममा आगलागी भएको थियो ।

आगलागीबाट टिन, काठपात आंशिक रुपमा जलेको र गोठमाथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको जानकारी प्रहरी चौकी बाहुनडाँगीमा प्राप्त हुनासाथ प्रहरी टोली खटिगई मेचीनगर नगरपालिकाको दमकल र स्थानीय मानिसहरूको सहयोगमा बिहान पौने ११ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

 

सम्बन्धित समाचार