२०८३ बैशाख १९ गते , शनिबार

भरुवा बन्दुकसहित एक महिला पक्राउ

sajilo news
झापा
२०८० मंसीर २४ गते , आईतबार
भरुवा बन्दुकसहित एक महिला पक्राउ

उदयपुरको बेलका नगरपालिका-४ स्थितबाट दुई नाल भरुवा बन्दुकसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ वर्षीया दुर्गा विश्वकर्मा रहेकी छिन् ।

अवैध रुपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएका टोलीले शनिवार साँझ विश्वकर्माको घर खानतलासी गर्दा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो । बन्दुक बरामद भएसँगै विश्वकर्मालाई पक्राउ गरी घटना सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार