२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईँ नागरिक बचाउ अभियानको जिल्ला संयोजकमा मैनाली, नगरमा लुइँटेल

sajilo news
झापा
२०८० मंसीर २४ गते , आईतबार
दुर्गा प्रसाईँ नागरिक बचाउ अभियानको जिल्ला संयोजकमा मैनाली, नगरमा लुइँटेल

बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानको जिल्ला संयोजकमा रामचन्द्र मैनाली चयन भएका छन् ।

अभियानको बैठकले बिर्तामोड नगर संयोजक रहेका मैनालीलाई झापा जिल्ला संयोजकको जिम्मेवारी दिएको हो ।नगर कमिटीको अध्यक्षको जिम्मेवारी भने ओमप्रकाश लुइँटेलले पाएका छन् । उनी यसअघि नगर कमिटीको सचिव रहेका थिए । गत साउन २० गते बिर्तामोडमा भएको बृहत् भेलाले ३१ सदस्यीय नगर कमिटी गठन गरेको थियो ।

जिल्ला कमिटीको अध्यक्षमा यसअघि दुर्गा कँडेल रहेका थिए । आफ्नो नेतृत्वमा जिल्ला कमिटीलाई सशक्त बनाएर लैजाने संयोजक मैनालीले बताए । जिल्ला कमिटीसँगै झापाका प्रायः सबै पालिकाहरूमा अभियानको कमिटी विस्तार भइसकेको उनले जानकारी दिएका छन् ।

झन्डै ८ लाख सदस्य रहेको अभियानले देशका ४६ वटा जिल्लामा शाखा विस्तार गरिसकेको केन्द्रीय संयोजक दुर्गा प्रसाईँले बताए । अभियानको ७ सदस्यीय स्टेरिङ कमिटी , ५१ सदस्यीय सचिवालय र एक सय सदस्यीय केन्द्रीय समिति रहेको प्रसाईँले जानकारी दिए ।

सम्बन्धित समाचार