२०८३ बैशाख १९ गते , शनिबार

नारी सञ्चार गृह झापाद्धारा विद्यार्थीलाई सचेतनामूलक तालिम

sajilo news
झापा
२०८० मंसीर २३ गते , शनिबार
नारी सञ्चार गृह झापाद्धारा विद्यार्थीलाई सचेतनामूलक तालिम

बिर्तामोड ।  नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका- ६ को सहयोगमा शुक्रबार लैङ्गिक हिंसाको अवस्था, प्रकृति र कानुनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ ।

किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका- ६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैङ्गिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने सम्भावित जोखिम र बच्ने उपाय लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजीकरण गरेका थिए । त्यसैगरी लैंङ्किक हिंसा, बाल लैङ्गिक हिंसा, बालविवाह, बलात्कार जस्ता जघन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानुनी व्यवस्था जस्ता विषयमा कानुन व्यवसायी लक्ष्मी खनालले सहजीकरण गरेका थिए ।

बिर्तामोड नगरपालिका वडा नं। ६ कि महिला वडा सदस्य गीता शर्मा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सरस्वती मावि बुट्टाबारीका प्रधानाध्यापक दीपक लुइँटेल, वडा सदस्य जीवन बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा एक सयभन्दा बढी सहभागी कार्यक्रममा  सहभागी विद्यार्थीका तर्फबाट लाक्पा डोल्मा तामाङ र अनीश श्रेष्ठले कार्यक्रम उपनोपयोगी रहेको प्रतिक्रिया दिँदै दैनिक जीवनमा कार्यान्वयन गर्न र गराउन भूमिका खेल्ने धारणा राखेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल पूर्व अध्यक्ष अम्बिका भण्डारी, निर्वतमान अध्यक्ष भिमा शिवाकोटीको लगायतको उपस्थिति रहेको रहेको थियो । संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सुरक्षित महिनावारी दिवसको अवसरमा विद्यार्थीहरूलाई महिनावारी सम्बन्धी जानकारी गराएकी थिइन् । कार्यक्रम संयोजक टिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव जोश्ना श्रेष्ठ गरेकी थिइन् ।

सम्बन्धित समाचार