२०८३ बैशाख १९ गते , शनिबार
दमकमा हात्तीले घर भत्कायो
झापामा जङ्गली हात्तीले दिनहुँ क्षति गर्नेक्रममा गएराति दमकमा एउटा घर भत्काएको छ । बिहीबार राति ११ बजेतिर दमक नगरपालिका ३ हंसेदुम्से सामुदायिक वननजिक बस्ने राजकुमार खड्काको टिनको छानो टाटीको बेरा भएको एकतले घर हात्तीले भत्काएको हो ।
दुई वटाको सङ्ख्यामा आएका हात्तीले घर भत्काएर एक बोरा चोकर खाई नष्ट गर्दा ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।स्थानीय र प्रहरी चौकी बाघचौरबाट खटिएको टोलीले राति १२ बजे ती हात्तीलाई जङ्गलतर्फ नै लखेटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।