२०८३ बैशाख १९ गते , शनिबार

झापामा हात्तीले गर्‍यो तीन बिगाहाको सुठुनीमा क्षति

sajilo news
झापा
२०८० मंसीर २२ गते , शुक्रबार
झापामा हात्तीले गर्‍यो तीन बिगाहाको सुठुनीमा क्षति

झापाको बाह्रदशीमा जङ्गली हात्तीले तीन विगाह खेतको सुठुनी खाएर क्षति गरेको छ । बिहीबार बिहान ३ बजेको समयमा चारकोसे जङ्गलबाट ८ वटा जङ्गली हात्ती आई बाह्रदशी– १ सिप्ताबारी बस्ने कमलेश गणेश र करण गिरीले संयुक्त रुपमा ३ बिगाहा जग्गामा लगाएको सुठुनी खाएर क्षति गरेको हो ।

दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय राजगढमा जानकारी प्राप्त भएपछि प्रहरी टोलीले गएर हेर्दा तीन विगाह जग्गामा लगाएको सुठुनी अन्दाजी ५० क्विन्टल खाई २ दुई लाख बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार