२०८३ बैशाख १९ गते , शनिबार

इलामको सन्दकपुरमा हिमपात

sajilo news
इलाम
२०८० मंसीर २२ गते , शुक्रबार
इलामको सन्दकपुरमा हिमपात

लामो समयपछि वर्षात भएसँगै इलामको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । चिसो बढेसंगै इलामको ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थलहरु जौबारी, कालपोखरी, सन्दकपुरमा बाक्लो हिउँ परेको हो । हिउँ परेसंगै त्यस स्थानको जनजीवन प्रभावित बनेको छ ।

आफ्नो दैनिक कामकाजमा असर परेपनि किसान भने आफ्नो बालीनालीका सहयोग मिल्ने देखेर उत्साहित भएका छन् । साथै उक्त स्थानमा हिउँ खेल्नको लागि पर्यटकहरू जाने क्रम सुरू हुनेछ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा वर्षात भएसँगै बिहीबार दिउँसोबाट हिमपात शुरु भएको पर्यटन व्यवसायी पसी सेर्पाले बताइन् ।

सम्बन्धित समाचार