वरिष्ठ कवि राजेश ढुङ्गानालाई झर्रो शैली पुरस्कार
भद्रपुर । चुडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार यस वर्ष वरिष्ठ कवि राजेश ढुङ्गानालाई प्रदान गरिने भएको छ । पूर्वका मोतीराम समेत भनेर चिनिएका नेपाली साहित्यका अथक साधक चुडामणि रेग्मीका नाममा २०७५ सालमा स्थापित सो सम्मान तथा पुरस्कार प्रत्येक वर्ष लेखनाथ पुस्तकालय चन्द्रगढीले प्रदान गर्दै आएको छ । जसको नगद पुरस्कार राशि रु २५००० राखिएको छ ।
यस पटकको सो पुरस्कार ढुङ्गानालाई कवि शिरोमणि लेखनाथ जयन्तीको अवसर पारेर यही पुस २६ गते एक विशेष समारोह बिच प्रदान गरिने जनाइएको छ । वरिष्ठ कवि ढुङ्गाना विगत साढे चार दशक देखि कविता लेखनमा सक्रिय छन् । उनका सयौँ फुटकर कविताहरू प्रकाशित भएका छन् भनेँ एउटा कविता सङ्ग्रह ‘ सुकिला मान्छेको सामूहिक मृत्यु’ प्रकाशित छ ।
२०३५–३६ को ऐतिहासिक विद्यार्थी आन्दोलन देखि नेपाली प्रजातान्त्रिक आन्दोलनमा सक्रिय वरिष्ठ कवि ढुङ्गाना लामो समय देखि नेपाली पत्रकारितामा समेत संलग्न छन् ।