२०८३ बैशाख २६ गते , शनिबार

झापामा पशुपन्छी मुद्दाका फरार प्रतिवादी पक्राउ

sajilo news
झापा
२०८० मंसीर १९ गते , मंगलबार
झापामा पशुपन्छी मुद्दाका फरार प्रतिवादी पक्राउ

झापामा पशुपन्छी सम्बन्धी कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३० वर्षीय बिरु भन्ने वीरबहादुर दनुवार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।

अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतको गत चैत २९ गतेको फैसला अनुसार पशुपन्छी सम्बन्धी कसुर मुद्दामा उनलाई १ वर्ष कैद सजाय सुनाइएको थियो ।

सम्बन्धित समाचार