२०८३ असार ११ गते , विहीबार
ताप्लेजुङमा जिप दुर्घटना, चालकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्रदेश १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो।
याम्फुदिनको भोटेगाउँदेखि छेबुकतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो। राति करिब ९ बजेतिर भएको जिप दुर्घटनामा सोही गाउँपालिका–५ पेदाङ घर भई हाल फुङ्लिङ नगरपालिका–५ बस्दै आएका चालक ३० वर्षीय लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।