२०८३ बैशाख ३० गते , बुधबार

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

sajilo news
काठमाडौं
२०८० मंसीर १८ गते , सोमबार
अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ

अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु गाउँपालिका-७ घर भई हाल मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा, सिन्धुलीको सुनकोसी-६ घर भई हाल काठमाडौँको कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की,सल्यानको कपुरकोट-५ घर भई हाल काठमाडौँको बालाजु बस्ने  २५ वर्षीय शिवराज परियार र नुवाकोटको विदुर नगरपालिका-६ भई हाल काठमाडौँ बस्ने ३३ वर्षीय अमृत रोक्का रहेका छन्। 

काठमाडौँ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेंगटार, बानेश्वर लगायत विभिन्न स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। 

सम्बन्धित समाचार