२०८३ बैशाख १५ गते , मंगलबार

झापा लिग : भद्रपुर र मेचीनगर नकआउट चरणमा

sajilo news
झापा
२०८० मंसीर १६ गते , शनिबार
झापा लिग : भद्रपुर र मेचीनगर नकआउट चरणमा

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा कचनकवल गाउँपालिकालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका नीरज कार्कीले गोल गरेका थिए । त्यस्तै, ६१ औँ मिनेटमा सन्देश खवासले एक गोल गरे । प्लेयर अफ दि म्याच भएका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ग को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ । बाह्रदशी गाउँपालिकासँग बराबरी मात्रै खेले पनि भद्रपुर नकआउट चरणमा प्रवेश गर्ने अंक गणितीय अवस्थामा थियो । हारसँगै बाह्रदशी लिग चरणबाट घर फर्किएको छ ।

भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे । त्यस्तै, खेलको ५६ औँ मिनेटमा निवाङ लिम्बूले गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच भएका भद्रपुरका कामतीले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दीपेश ढकाल, कोशी प्रदेशसभा सदस्य मोहन महर्जन, प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, सौजन्यकर्ता प्रमीला ओझा, किरण शर्माले प्रदान गरेका थिए । प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

सम्बन्धित समाचार