२०८३ बैशाख २६ गते , शनिबार

मेचीनगरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

sajilo news
झापा
२०८० मंसीर १६ गते , शनिबार
मेचीनगरमा १३ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

झापाको मेचीनगरमा एक बालिकालाई  जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  स्थानीय १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले मेचीनगर–६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आचार्यलाई पक्राउ गरेको हो ।

आचार्यले गत मङ्सिर ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

सम्बन्धित समाचार