२०८३ बैशाख २६ गते , शनिबार
चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ
सुनसरीको विभिन्न स्थानबाट चोरी भएको मोटरसाइकलसहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका-४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किङ गरी राखेको को ३६ प ४६०६ नम्बरको मोटरसाइकल देवानगञ्ज- १ का अबिशेक मेहता र देवानगञ्ज-७ का २६ वर्षीय उमेश प्रसाद मेहताले चोरी गरी लगिरहेको अवस्थामा स्थानीयहरुले पक्राउ गरी इलाका प्रहरी कार्यालय हरिनगरलाई बुझाएका थिए ।
त्यस्तै कोसी-४ का रवीन्द्र यादवको को ३६ प ६३४८ नम्बरको मोटरसाइकल हराएको भनी जानकारी पाए लगतै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज-१ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।