२०८३ बैशाख १५ गते , मंगलबार

एन्फा रेफ्री लोकराज ढुङ्गानाको निधन

sajilo news
झापा
२०८० मंसीर १६ गते , शनिबार
एन्फा रेफ्री लोकराज ढुङ्गानाको निधन

बिर्तामोड । एन्फा रेफ्री लोकराज ढुङ्गानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार निधन भएको हो ।

झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुङ्गानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघको पूर्व वरिष्ठ उपाध्यक्ष तथा हाल कोसी प्रदेश फुटबल रेफ्री संघको सदस्य थिए ।

सम्बन्धित समाचार