सहकारीको उपहार कुपनबाट ३५ जनाले पाए पुरस्कार
झापा । विराट बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड ३ सैनिकमोडले सञ्चालन गरेको पर्व विशेष उपहार कुपनको पहिलो पुरस्कार बिर्तामोड १० की अम्बिका प्रसाईँले पाएकी छन् । उनले पहिलो पुरस्कार बापत माइक्रो ओभन पाएकी हुन् । त्यस्तै दोस्रो पुरस्कारको रुपमा उमानाथ ओलीले इन्डक्सन चुलो पाएका छन् भने तेस्रो पुरस्कारको रुपमा इलेक्ट्रिक जग सरस्वती निरौला र ओसिम सिटौलाले पाएका छन् । त्यस्तै चौथो पुरस्कार राजु चाम्लिङ, मुना सेन्चुरी ,सुमन पन्त ,यनिभ भण्डारी र रविना अकौलियाले प्राप्त गरेका छन् ।
विराट सहकारीद्वारा सञ्चालित सहकारी पसलमा दसैँ तिहारका बेला सामान खरिदका क्रममा १ हजार ८७५ जनाले कुपन पाएका थिए । त्यसमध्ये ३५ जनालाई पुरस्कार प्रदान गरिएको सहकारीका प्रबन्धक रुद्र सिटौलाले बताए । दुई जना बालिकाहरू अजस्वी आचार्य र आर्या सिटौलाले बाकसबाट कुपन तानेका थिए । विजेताहरूलाई बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला , बिर्तामोड ३ का वडाध्यक्ष मदन सङ्ग्रौला ,सहकारीका अध्यक्ष मोहन सिवाकोटी, प्रबन्धक रुद्र सिटौला , कोषाध्यक्ष काजी बुढाथोकी , व्यवस्थापक तेजप्रसाद पाठक, सदस्य अर्जुन पाठकलगायतले पुरस्कार प्रदान गरेका थिए । विराट सहकारीले विगत केही वर्षदेखि आफ्नै भवनमा सहकारी पसल सञ्चालन गर्दै आएको छ ।
ओमसाई ट्रेडर्स, जलकन्या ट्रेडर्स , लक्ष्मी स्टोर ,समर्पण सप्लायर्स, स्मृति ट्रेडर्स ,समग्र सप्लायर्स, न्यु उज्ज्वल ट्रेडर्स , युनाइटेड डिस्ट्रिब्युटर, कञ्चनजङ्घा स्टोर र देवी पाथीभरा सप्लायर्सले ती पुरस्कार सौजन्य गरेको प्रबन्धक सिटौलाले जानकारी दिए ।