२०८३ असार ११ गते , विहीबार

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु, तीन घाइते

sajilo news
इलाम
२०८० मंसीर १५ गते , शुक्रबार
करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु, तीन घाइते

इलामको सन्दकपुर गाउँपालिका- १ स्थित छागेमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ ६ बजे स्थानीय खोलाछागी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत् सर्ट भई करेन्ट लाग्दा स्थानीय २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदिप राई र २८ वर्षीय मनोज राई सामान्य घाइते भएका छन् ।  घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार