२०८३ बैशाख २६ गते , शनिबार

नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

sajilo news
झापा
२०८० मंसीर १५ गते , शुक्रबार
नगरपालिकाका सव-इन्जिनियर घुस रकमसहित पक्राउ

बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव-इन्जिनियर टिकाराज राईलाई  ८० हजार घुससहित पक्राउ गरेको हो। 

राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि आयोगको टोलीले राईलाई बिहीबार रंगेहात पक्राउ गरेको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

सम्बन्धित समाचार