२०८३ असार ११ गते , विहीबार

ओमान गएर शारीरिक यातनामा परेकी मेचीनगरकी युवतीको उद्धार

sajilo news
रासस
२०८० मंसीर १४ गते , विहीबार
ओमान गएर शारीरिक यातनामा परेकी मेचीनगरकी युवतीको उद्धार

झापा ।  वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगरकी २८ वर्षीया युवतीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो । 

ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उनले बताइन्। 

कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन्। यो खबर नेपालस्थित उनको परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो । युवतीले ओमानमा सकसपूर्ण ४० दिन बिताएकी थिइन् । उद्धारपछि यही मङ्सिर ११ गते उनी घर आइपुगेकी हुन् । घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।

सम्बन्धित समाचार