२०८३ असार ११ गते , विहीबार
मोटरसाइकल दुर्घटना : श्रीमान-श्रीमती र छोरीको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपलिका २ स्थित धवाडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३४ वर्षीया रुपा स्याङ्तान र उनको ५ महिनाकी छोरीको घटनास्थलमा मृत्यु भएको हो। उनका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो १ बजेतिर कौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।