२०८३ बैशाख ३० गते , बुधबार
लागूऔषध मुद्दाका फरार पौडेल पक्राउ
लागू औषध मुद्दामा फरार झापा बुद्धशान्ति गाउँपालिका-२ बस्ने ५२ वर्षीय यादवराज पौडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झापा जिल्ला अदालतको गत फागुन ११ गतेको फैसला अनुसार लागू औषध मुद्दामा उनलाई २ महिना कैद सजाय तोकिएको थियो ।