२०८३ बैशाख १९ गते , शनिबार

मन्दिरको ताला फुटाएर दानपेटीका चोरी

sajilo news
झापा
२०८० मंसीर १३ गते , बुधबार
मन्दिरको ताला फुटाएर दानपेटीका चोरी

कनकाई । झापाको कनकाई नगरपालिका- ३ सरस्वती टोलस्थित सरस्वतीको मन्दिरबाट गएराती ताला फुटाएर दानपेटीका चोरी भएको छ । चोरले रातीको समयमा मन्दिरको ताला फुटाएर दानपेटीका चोरी गरेको स्थानीय नवीन सिटौलाले बताए । दान पेटीकाभित्र के कति रकम थियो भन्ने नखुलेपनि गत दसै तिहार भन्दा अगाडि देखिकै भक्तजनहरूले चढाएको रकम दान पेटीकामा रहेको जनाइएको छ ।

करिब २० हजार भन्दा बढी रकम दान पेटीकामा हुन सक्ने अनुमान सरस्वती मन्दिर समितिका अध्यक्ष लीलाप्रसाद न्यौपानेले जानकारी दिए । यसअघि कनकाईधामसस्थत कोटीहोम मन्दिरमा समेत दुई पटक दानपेटीका चोरी भएको थियो । कोटीहोममा दानपेटीका चोरी भएसँगै मन्दिरमा सिसी क्यामेरा जडान गर्नुका साथै सुरक्षागार्ड राखिएको छ ।

 

सम्बन्धित समाचार