२०८३ बैशाख १९ गते , शनिबार
अनलाइन सट्टेबाजी खेलाउने पक्राउ, करिब दुई करोड कारोबार गरेको दाबी
अनलाइनमार्फत सट्टेवाजी खेलाउने एक जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कागेश्वरी मनोहरा-७ बस्ने २६ वर्षीय आकाश रेग्मीलई काँडाघारीबाट पक्राउ गरेको हो।
अनलाइनमार्फत सट्टेवाजी गरेर करिब दुई करोडको कारोबार गरेका रेग्मीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनको साथबाट दुई थान म्याकबुक, एक थान आइफोन, दुई थान हार्डड्राइभ, दुई लाख २४ हजार नगद र तीन समय अमेरिकी डलर बरामद गरिएको छ।
उनले चलाउने म्याकबुकमा होबीबी नामको गुगल सिट मा विभिन्न व्यक्तिहरूको महिनैपिच्छेको हिसाब देखिएको प्रहरीको भनाइ छ। त्यस्तै उनले तीन वटा इमेल प्रयोग गरेर बेटिङ एपको भेरिफिकेशन र लगिन देखिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।