२०८३ बैशाख १९ गते , शनिबार
धनुषामा १३ जोडीको सामूहिक अन्तरजातीय विवाह
धनुषाको मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा १३ जोडीले अन्तरजातीय विवाह गरेका छन् । सन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक तथा अन्तरजातीय विवाह गराइएको हो ।असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् ।
असुर निकन्दन रमेणी यन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ । यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् । यस विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति तथा उपस्थिति अनिवार्य हुन्छ ।