२०८३ बैशाख १५ गते , मंगलबार

नेपाल सुपर लिग : इलामले झापालाई हरायो

sajilo news
झापा
२०८० मंसीर १२ गते , मंगलबार
नेपाल सुपर लिग : इलामले झापालाई हरायो

इलामले अञ्जन विष्ट नेतृत्वको झापा एफसीलाई एक–शून्य गोलले पराजित गरेको हो। इलामको जितमा अमाथा एनडअले निर्णायक गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक बनेको खेलको ८२औं मिनेटमा इलामले पेनाल्टीको मौका पायो। झापाका योगेश गुरुङले भरत खवासलाई फाउल गरेपछि इलामलाई पेनाल्टी दिइएको थियो।

अमाथ पेनाल्टीमा चुके। उनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। तर उनैले आफ्नो गल्ती सच्याउँदै इलामलाई पहिलो जित दिलाएका हुन्।

खेल सकिन ३ मिनेट बाँकी हुँदा अमाथाले डेडलक तोडेका थिए। सोही गोल इलामलाई ३ अंक जोड्न निर्णायक साबित भयो। इलाम खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग पहिलो खेलामा हार बेहोरेको थियो ।

झापा भने सिजनको आफ्नो पहिलो खेलमै पराजित हुन पुग्यो। इन्जुरी समयमा गोलकिपर विकेश कुथूले झापालाई बराबरी गोल फर्काउनबाट रोकेका थिए। लिगमा आज चितवन एफसी र काठमाडौंबीच खेल हुनेछ।

सम्बन्धित समाचार