२०८३ असार ११ गते , विहीबार

विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

sajilo news
काठमाडौं
२०८० मंसीर ११ गते , सोमबार
विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

विवादास्पद् धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा आराजक अभिव्यक्ति दिएपछि श्रीनिवास पक्राउ परेका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले श्रीनिवास पक्राउ परेको पुष्टि गरे। अराजक अभिव्यक्ति दिएपछि उहाँ (श्रीनिवास)लाई प्रहरीले नियन्त्रणमा लिएको हो,'  उनले भने। 

प्रदर्शनकारीले ढुंगामुढँ गरेपछि गौशालामा केहीबेर तनाव पैदा भएको थियो। प्रसाईं समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ। यसअघि मंसिर ७ गते बल्खुमा यो समूहले शक्ति प्रदर्शन गरेको थियो। 

सम्बन्धित समाचार