२०८३ असार ११ गते , विहीबार

प्रहरी श्रीमती सङ्घद्वारा अर्जुनधारा जलेश्वरधाममा सरसफाइ

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
प्रहरी श्रीमती सङ्घद्वारा अर्जुनधारा जलेश्वरधाममा सरसफाइ

झापाको अर्जुनधारा जलेश्वरधाममा सरसफाइ गरिएको छ ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सेवा नै धर्म हो भन्ने मूल नारासहित अर्जुनधारा नगरपालिका ८ रहेको अर्जुनधारा जलेश्वरधाममा सरसफाइ गरिएको हो । 

मङ्सिर १७ गतेबाट सुरु हुन लागेको ४१ औं भागवत महापुराणको अवसरमा प्रहरी श्रीमती संघले मन्दिर प्राङग सरसफाइ गरिएको जनाइएको छ ।

सरसफाइ संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला लगायत संघका पदाधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन अढानी, प्रहरी अधिकृतहरू, प्रहरी कर्मचारीहरू लगायत मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको समेत उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार