२०८३ बैशाख २६ गते , शनिबार

भद्रपुरका भुजेल ब्राउन सुगरसहित भारतमा पक्राउ

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
भद्रपुरका भुजेल ब्राउन सुगरसहित भारतमा पक्राउ

भारतीय एसएसबीले भद्रपुर-गलगलिया सीमा नाकाबाट लागूऔषध ब्राउन सुगरसहित भद्रपुरका एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भद्रपुर- ६ भानुचौकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबी भादगाउँ ई कम्पनीबाट खटिएका टोलीले बा ६१ प  ७९६२ स्कुटरमा सवार भुजेलमाथि शङ्का लागि चेकजाँच गर्दा २९.५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

भुजेल भारतबाट नेपाल आइरहेका थिए । पक्राउ परेका उनलाई एसएसबीले गलगलिया थानामा बुझाएको छ । नियन्त्रणमा लिइएका भुजेललाई कानुनी कारबाहीका लागि न्यायिक हिरासत किसनगञ्ज पठाइएको थानाध्यक्ष राहुल कुमारले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार