२०८३ असार ११ गते , विहीबार

स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका– १० मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका ६:३० बजेको समयमा दमक नगरपालिका- ५ बस्ने ३५ वर्षीय सानेकुमार राईको दुर्घटनामा परी मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटरले सडक किनारामा रोकेर राखेको प्र १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा स्कुटर चालक राई घाइते भएका थिए ।

स्थानीय र प्रहरीले घाइते राईलाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी पठाएकोमा उपचारको क्रममा बेलुका ७।१० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित समाचार