२०८३ असार ११ गते , विहीबार
राजगढ बजारको काठ मिलमा आगलागी
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिका-३ स्थित राजगढमा रहेको काठ मिलमा आगलागी भएको छ । सोमबार बिहान ५ः२० बजेको समयमा राजगढ बजारमा रहेको गोपाल राजवंशीको काठको मिलमा विद्युतको तार सर्ट भई आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेशिन , काठ र मोटर गरी करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजगढबाट टोली खटिगई प्रहरी र स्थानीयबासीहरुको ६ बजे पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।