२०८३ असार ११ गते , विहीबार

जंगली हात्ती गाउँमा पसेपछि...

sajilo news
मोरङ
२०८० मंसीर ११ गते , सोमबार
जंगली हात्ती गाउँमा पसेपछि...

मोरङको विभिन्न पालिकामा जंगली हात्ती गाउँमा पसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । मोरङको बेलबारी र केराबारीको सिमाना देबिझोडामा हात्तीका बथान बस्तीमा प्रवेश गरेर दुःख दिन थालेपछि जनजीवन त्रासपूर्ण बनेको हो ।

जङ्गलबाट निस्किएको हात्तीले किसानको अन्नबालीसहित घरमा क्षति पुर्‍याउँदै आएको छ । हात्तीले खेतमा पाकेको धानका साथै अन्य बालीनाली खाइदिने गरेको छ । हात्ती आउने डरले स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन् ।

लोहोन्द्रा खोला आसपास २५–३० वटा हात्ती देखिएकाले सजगता अपनाउनुपर्ने देखिन्छ । जंगली हात्ती मोरङको मिक्लाजुङ, लेटाङ ,कानेपोखरी, बेलबारी,केराबारी क्षेत्रमा देखिरहेका छन ।

सम्बन्धित समाचार