२०८३ असार ११ गते , विहीबार

झापाका सीडीओ पोखरेलको सरुवा

sajilo news
झापा
२०८० मंसीर ११ गते , सोमबार
झापाका सीडीओ पोखरेलको सरुवा

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको सरुवा भएको छ । उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा प्रदेश सचिवका रुपमा सरुवा भएका हुन् । उनी २०७९ माघ १२ देखि झापामा कार्यरत रहेका थिए ।

यस्तै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि सरुवा भएको छ । उनी बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवका रुपमा सरुवा भएकी छिन् ।

झापाका पूर्व जिल्ला शिक्षा अधिकारी रहेका लक्ष्मीप्रसाद भट्टराई कोशी प्रदेश, प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवका रुपमा आउने भएका छन् । उनी मधेश प्रदेशको शिक्षा मन्त्रालयमा कार्यरत थिए । उनीहरुसँगै ७१ जना सहसचिवको एकैपटक सरुवा भएको हो ।

सम्बन्धित समाचार