२०८३ असार ११ गते , विहीबार
रुखले किचेर दुई जनाको मृत्यु
खोटाङ र तेह्रथुम जिल्लाको छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ वर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाइते भएका थिए ।
उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै खोटाङको जन्तेढुङगा गाउँपालिका-३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।