२०८३ असार ११ गते , विहीबार

सशस्त्र प्रहरीद्वारा ३ लाख २० हजार मुल्य बढीको पटाका नष्ट

sajilo news
झापा
२०८० मंसीर १० गते , आईतबार
सशस्त्र प्रहरीद्वारा ३ लाख २० हजार मुल्य बढीको पटाका नष्ट

भद्रपुर । सशस्त्र प्रहरीले प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ । झापाका खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको करिब ३ लाख २० हजार मुल्य बढीको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले जनाएको छ ।

बरामद गरिएको पटाकाहरूलाई आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरमा नेपाल प्रहरी, जनप्रतिनिधि, वाणिज्य सङ्घका प्रतिनिधि र पत्रकारको रोहवरमा नष्ट गरिएको छ । सशस्त्र प्रहरीले तिहार भन्दा यसअघि मात्र साढे ९ लाखको पटाका बरामद गरी नष्ट गरेको थियो । 

सम्बन्धित समाचार