२०८३ असार ११ गते , विहीबार

हल्दिबारीमा हात्तीले पसलमा गर्‍यो क्षति

sajilo news
झापा
२०८० मंसीर ९ गते , शनिबार
हल्दिबारीमा हात्तीले पसलमा गर्‍यो क्षति

झापाको हल्दिबारीमा जङ्गली हात्तीले एउटा किराना पसलमा क्षति गरेको छ । आज बिहान ४ बजेको समयमा एकल हात्तीले हल्दिबारी २ सरस्वती टोल बस्ने हरिप्रसाद आचार्यको काठको घुम्तीमा सोही ठाउँ बस्ने मनकुमारी मगरले सञ्चालन गरेको किराना पसलमा क्षति गरेको हो । घुम्ती फोडेर चाउचाउ, बिस्कुट, चकलेट, मुरै, चिनी, दाललगायतका सामान खाएर अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको र हात्ती जलथल जंगलतिर नै गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार